
काठमाण्डौ – सरकारले भूकम्प र पहिरोले क्षति पुर्याएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको प्रवेश सडक मर्मतसम्भार गर्न नेपाली सेनालाई जिम्मा दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच ९प्रवेश० मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामको काम गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
‘सडक निर्माणसँगै सेनाले बाँधको दायाँ–बायाँको पहिरो रोकथाम गर्न सुरक्षा पर्खाल ९प्रोटेक्सन वाल० पनि लगाउनेछ,’ उनले भने, ‘अब भूकम्पछि अवरुद्ध रहेको आयोजनाको निर्माण सुरु गर्न बाटो खुलेको छ ।’
पाल विद्युत् प्राधिकरणले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत सेनामार्फत गराउने निर्णय गरेको थियो । नुवाकोटको सिम्लेमा रहेको पावर हाउसदेखि रसुवाको फालेटारमा रहेको हेडवक्र्स पुग्ने करिब ५ किलोमिटर सडक अघिल्लो वर्षको भूकम्प र बाढीपहिरोले क्षतिका कारण भत्किएको थियो ।
बजेट ६१ करोड १८ लाख
मन्त्रिपरिषद्ले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच ९प्रवेश० मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामका लागि ६१ करोड १८ लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
प्राधिकरणले आयोजनाको म्याद ३४ महिना थप गरेको छ । लक्ष्यअनुसार काम भएकामा आयोजनाको निर्माण ०७६ को वैशाखमा मात्रै सकिनेछ । प्राधिकरणले भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति ९फोर्स मेजर० उत्पन्न भन्दै आयोजनाको म्याद १७ वैशाख ०७६ ९३० अप्रिल २०१९० सम्म थप गरेको हो ।
लागत र समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न सिजिजिसीसँगको सम्झौता १८ जेठ ०६८ ९१ जुन २०११०बाट कार्यान्वयनमा आएको थियो । ३५ महिनामा काम सक्ने गरी सिजिजिसीसँग ठेक्का सम्झौता भएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्