×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल – चीन सैन्य तालिम हुने पक्का

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल – चीन सैन्य तालिम हुने पक्का

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ ।
उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे घोषणा गरेको खबर आजको अन्नपूर्ण पोष्ट र्दैनिकमा छ ।
चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमती प्राप्त भइसकेको स्रोतले बतायो ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । तर सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: