एजेन्सी – अस्ट्रियामा म्याट्रिना नाम गरेकी महिलाले हतियार प्रयोग गरी आफ्नी आमा, दाजु र तीन केटाकेटीको हत्या गरेको बताइएको छ । प्रहरीले तीन केटाकेटीको शव ओछ्यानमा लमतन्न सुतेको र ब्ल्यांकेट ओढेको अवस्थामा भेटाएको थियो ।
सबैको हत्या गरेपछि मार्टिनाले नयाँ चिनजानका एक पुरुषलाई टेक्स्ट म्यासेज गरेर घटनास्थलमै बोलाइन, जहाँ उनीहरुले सेक्स गरेको पुरुषले बताए । यद्यपि हत्यामा ती पुरुषको कुनै पनि संलग्नता नरहेको प्रहरीले जनाएको छ ।
उनले महिलाले गरेको हत्याको विषयमा आफूले थाहा नपाएको प्रहरीलाई बयान दिएका छन् । प्रहरीका अनुसार ३० कोठाको घरमा हत्या भएको कोठा र उनीहरुले सेक्स गरेको कोठा अलग–अलग थियो ।