×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपचार गर्न लैजान्छु भन्दै प्रहरीले अस्पतालको शौचालयमा कैदीसँग मस्ती गरेपछि‘

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपचार गर्न लैजान्छु भन्दै प्रहरीले अस्पतालको शौचालयमा कैदीसँग मस्ती गरेपछि‘

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी –  अपराध गरेर कारागार पुगेका कैदीको संरक्षणमा खटिएका प्रहरी जवानले उपचार गर्न लैजान्छु भन्दै अस्पताल लगेर मस्ती गर्दै आएको खुलासा भएको छ । महिला कैदीलाई उपचारको वहाना बनाउन उत्प्रेरित गरी उपचार गर्न लैजान्छु भन्दै अस्पतालमा लगेर शारीरिक सम्पर्क राख्ने ८ जना प्रहरी रंगेहात समातिएका छन् ।
अस्पतालमा उपचार गराउने बेला उच्च अधिकारीको छड्केमा परेका ८ जना जवान मध्ये ३ जना रंगेहात पक्राउ परेका हुन् । हत्या जस्तो अपराधमा संलग्न कैदीलाई अस्पतालको वहानामा प्रहरीले मस्ती गर्दै आएको कुरा बुधबार सार्वजनिक भएको हो ।
यो घटना नेपाल–भारत सीमाना अन्तर्गत छिमेकी सहर पीलिभितको हो । जहाँ गम्भीर विरामीको वहाना बनाएर अस्पताल लगिएका हत्याका दोषी महिलासँग ३ जना प्रहरीले अस्पतालको शौचालयमा पालैपालो मस्ती गरेका छन् ।
पीलिभितका एसएसपीले अस्पतालमा छड्के हानेपछि विरामी र प्रहरी कोही पनि देखिएनन् । पछि अस्पतालभित्र खोजी गर्दा ३ जवान सहित २ युवती कैदी रंगेहात भेटिएका थिए ।
प्रहरीका एसपी जेके शाहीले दिएको जानकारी अनुसार युवतीसँग मस्ती ३ जना प्रहरी निलम्बनमा परेका छन् । अन्य प्रहरी जवान पनि कारवाहीमा परेका छन् । कैदी युवतीलाई नजरबन्दमा राख्न निर्देशन दिईएको छ । एजेन्सीको सहयोगमा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: