×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो सेना मार्फत नेपाली सेना शान्ति मिशनमा खटिन भारतको प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आफ्नो सेना मार्फत नेपाली सेना शान्ति मिशनमा खटिन भारतको प्रस्ताव

Artha Sarokar

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – संयुक्त राष्टसंघको मिशनमा जाने नेपाली सेनालाई भारतीय सेनाको मातहतमा राख्न भारत सरकारले राजनीतिक लविड थालेको छ । शान्ति मिशनमा जाने नेपाली सेनाललाई भारतीय सेना मातहत राख्न भारत सरकारले नेपाल सरकारलाई प्रस्ताव समेत गरिसकेको छ ।
पाकिस्तानलाई देखाउँदै क्षेत्रिय सुरक्षाको हवाला दिएर भारतले आफ्नो सेना मार्फत नेपाली सेना शान्ति मिशनमा खट्निु पर्ने प्रस्ताव प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्टमन्त्री डा प्रकाशशरण महतलाई गरेको छ । तर नेपाल सरकारले भने औपचारिक कुनै प्रतिक्रिया र निर्णय नलिएको स्रोतले बताएको छ । भारतले यसअघि देखि नै शान्ति मिशनमा जाँदा सार्क मार्फत जानु पर्ने धारणा राख्दै आएको थियो ।
भारतले आफ्नो सेनाको कमाण्डमा नेपाली सेना शान्ति मिशनमा खट्टिनु पर्ने प्रस्ताव गरेपछि जंगी अड्डाले आपत्ति जनाएको छ । पाकिस्तान बाहेक सार्क राष्टहरुको संगठन विविआइएन मार्फत शान्ति मिशनमा खटाउनु पर्ने भारतको प्रस्ताव प्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।
भारतको प्रस्ताव कुनै पनि हालतमा नमान्न र त्यस्तो कुनै सम्झौता नगर्न नेपाली सेनाले सरकारलाई आग्रह गरेको छ । परराष्टमन्त्री महत भारत भ्रमणमा जानु अघि सेनाले यस्तो आग्रह गरेको स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी