×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हेल्लो सरकार ! गौतम बुद्धको जन्म उत्तरी भारतमा भएको हो भनेर भ्रम छर्नेहरुलाई कार्वाही गर!’

  • सम्पादकीय 
देश, राष्ट्रियता र स्वाभिमान भन्दा ठुलो केहिपनि हुन सक्दैन । भारतको हेपाहा प्रवृतिका सिकार भएका हामी नेपाली अहिले पनि उसको तुच्छ हेपाइका कारण बेला बेलामा समस्यामा पर्ने गरेका छौं । वास्तवमा भारत हाम्रा केहि राम्रा कुरा देख्ने बितिक्कै त्यो हाम्रो हो भन्न तम्सिहाल्छ भन्ने कुरा अव नौलो रहेन । गौतम बुद्धको जन्मबारे पनि भारतले गलत प्रचार गरिरहेको छ । भारतमै नक्कली कपिलबस्तु पनि बनाएको छ ।

उसको यो प्रवृतिको विरोध गर्नुपर्ने बेलामा कलिला केताकेतिहरुलाई गौतम बुद्धको जन्मबारे भ्रम छर्न खोजिएको छ । शुभारम्भ पब्लिकेसन नामक एउटा जिम्मेवार पब्लिकेसनबाट यस्तो भ्रामक कुरा लेखिनु नेपाली स्वाभिमानमाथिकोनै प्रहार पक्कै हो ।  शुभारम्भ पब्लिकेसनको सामाजिक शिक्षा विषयको कक्षा ९ को कितावमा ‘गौतम बुद्ध जन्मिएको स्थान तत्कालीन समयमा ‘उत्तरी भारत’ रहेको बताइएको छ ।  


भर्खर कक्षा ९ मा पढिरहेका विद्यार्थीहरुलाई छर्न खोजिएको यो भ्रमले हाम्रा पिढीहरुले के सिक्छन् ? के सिक्दैछ हाम्रो पुस्ता ? के पढाइदैछ हाम्रा नानीहरुलाई ? यो कुरा बुझ्ने बेला भएन र ? कक्षा १२ को सामाजिक शिक्षा विषयको उक्त पब्लिकेसनको किताबमा स्पष्टसँग उत्तरी भारतको ‘शाक्य राज्य’ मा गौतम बुद्धको जन्म भएको बताइएको छ । ईतिहासमा गौतम बुद्ध जन्मिएको ठाउँ उत्तरी भारतको ‘शाक्य राज्य’ भन्ने उल्लेख गरिएको पुस्तकमा गौतम बुद्ध जन्मिएको स्थान नेपाल हो भन्ने स्पष्ट उल्लेख छैन । गौतम बुद्ध उत्तरी भारतमा जन्मिएका थिए र उक्त स्थान अहिले भने नेपालको क्षेत्रमा पर्छ भन्ने आसय पुस्तकमा प्रस्तुत भएको छ । 

लेखक, सम्पादक र पब्लिकेसनका आ-आफ्नै तर्क छन् । तर सत्य यहि हो विद्यार्थीहरुलाई भ्रम छरिंदैछ । यसको कानुनी उपचार के हो ? यस विषयमा राज्यले आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ ? भोलि ती पुस्तकहरुमा नेपाल नै भारतको राज्य हो भनेर लेखियो भने के हुन्छ ? के जे लेख्न पनि छुट हो हाम्रो देशमा ? सम्बन्धित सबैले बुझ्न जरुरी छ । राजयले पब्लिकेसनले छापेका झुटका दस्तावेजहरुलाई सरकारले यथासक्य चाँडो जफत गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: