
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सिद्धार्थ डेभलपमेण्ट बैङ्क लिमिटेडले आव २०७२र०७३को नाफाबाट शेयरधनीलाई २४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । शक्रवार भएको बैङ्कको १७ औं वार्षिक साधारण सभा उक्त निर्णय पारित भएको हो । उक्त साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीकोतर्फबाट राम बहादुर भण्डारी, डा ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि।बि इन्भेष्टमेण्ट प्रालि गरी ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एनपिसिएम इन्भेष्टमेण्ट गरी ३ जना सञ्चालकको निर्विरोध चयन गरेको छ ।
बैङ्कको हाल चुक्ता पूँजी रू। १ अर्ब ४१ करोड ९१ लख ७६ हजार छ सय रहेको छ । हालसम्म बैङ्कको देशभर ३३ ओटा शाखा विस्तार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्