
काठमाडौं – नेप्सेका महप्रबन्धक सीताराम थापालियाले नियोजित रुपमै नेपाल धीतोपत्र बोर्ड नेप्सेलाई कमजोर देखाउन लागि परेको आरोप लगाएका छन । अर्थ सरोकारसँग कुरकानी गर्दै उनले धीतोपत्र बोर्डले काम गर्नपनि नदिने र नगरेको भनेर दुश्प्रचार पनि गर्ने गरेको आरोप लगाएका छन ।
‘नेपाल धीतोपत्र बोर्ड्ले हलो अड्काएर गोरु चुट्ने काम गरेको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले अगाडी भने, ‘धीतोपत्र बोर्ड्का अध्यक्षले नै नेप्से घेर्न जाउ भनेर लगाएको सुचना पाएको छु ।’
‘जसले जे गर्न पनि पाइने हो र ?’ प्रतिप्रश्न गर्दै उनी भन्छन्, ‘नेप्सेलाई पेलिएको छ । हेपिएको छ । काम गर्न दिइएको छैन । तर काम गरेन भनेर दोष थुपारिएको छ ।
अनलाईन ट्रेडिङ ल्याउने नेप्से बाधक बनेको छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘नेप्से कहाँननेर बाधक भयो ? अहिले यो मुद्धा अदालतमा विचाराधीन छ । हामीले छिट्टै गर्न खोजेकै हो । धितोपत्र बोर्ड बाट असहयोग भयो ।
जनताअले त तपाइको राजीनामा समेत माग्न थालेका छन नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘आवश्यक पर्यो भने म राजीनामा दिना तयार छु । तर मैले के काम गरे र म भन्दाअ गतिलो मान्छे नेप्सेमा आउछ भन्ने ग्यारेन्टी हुनुपर्यो ।’
उनीसँग लिइएको एक्स्क्लुसिभ कुराकानी केहि बेरमा अपलोड हुनेछ । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्