
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रिने बताएका छन्।
संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको सोलुखसुम्बुमा आज उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पुर्याउने खेल भइरहेको विचार व्यक्त गरे।
मधेसकेन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभई सीमित स्वार्थी नेताको मात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्र पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताए ।
उनले भने“अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन।” उनले तराई– मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने जिकिर गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्