
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका थिए। एमाले संसदीय दलद्धारा काठमाडौमा आयोजित संचारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा उपनेता नेम्वाङले निर्धारित समय भित्रै सविधान कार्यान्वयन गर्ने विषय सम्पूर्ण राजनीतिक दलको साझा प्रतिवद्धता रहेकाले त्यसै अनुसार अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।
उनले संविधान कार्यान्वयनलाई चुनौतीको अवसरको रुपमा लिँदै सबै राजनीतिक दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले सिंगो देश, जनता र दलको साझा प्रतिवद्धता भएकाले निर्धारित समयभित्र संविधानको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै २०७४ माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने गरि संविधान कार्यान्वयनमा जानुपर्ने बताए।
उपनेता नेम्वाङले निर्वाचन सम्बन्धी महत्वपुर्ण कानुन तत्काल ल्याउनुपर्ने आवश्यकता औल्याए। निर्वाचन सम्बन्धि महत्वपुर्ण कानुन अहिले पनि संसदमा दर्ता नभएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। उपनेता नेम्वाङले एमाले संविधान कार्यान्वयन गराउने सवालमा सधै सकारात्मक रहेको भन्दै त्यसमा सरकारलाई पुर्णत सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले एमाले जिम्मेवार प्रतिपक्षीको भूमिकामा क्रियाशिल रहेको उल्लेख गर्दे आगामी दिनमा पनि सो भुमिका निर्वाह गरिरहने स्पष्ट पारे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्