
काठमाडौं – सनराइज बैंकका प्रमुुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेयर दलाल अर्जुुनबन्धुु रेग्मीसँग मिलेर राजधानीको ४२ रोपनी जमिन खाइदिएपछि तनावमा परेका डिजाइनरको बोर्डमा दमास ज्वेलरी सञ्चालक नवराज नेपाल पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसकेपछि सपरिवार देश छाडेर विदेशिएका छन् ।
होटल अन्नपूर्णको कफी सपभन्दा तल भूमिगतरूपमा उनको भव्य गहना पसल रहेको छ । बैंकले उक्त जमिन खाइदिएपछि भाडा तिर्न नसकेर उनको त्यस्तै ज्वेलरी पसल होटल हयात र होटल याक एण्ड यतीबाट सञ्चालक राधेश्याम सर्राफले हटाइदिएका थिए । अहिले होटल अन्नपूर्णको व्यवस्थापनले पनि त्यही गरेको थियो । अन्नपूर्णको व्यवस्थापन पक्षले आफ्नो पसल हटाउन खोजेपछि दमासले होटल अन्नपूर्णविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुुद्दा दायर गरेको थियो । तर उक्त मुुद्दा गत १३ गते काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । माननीय न्यायाधीश प्रकाश खरेलको एकल इजलासले दमासको दाबी अस्वीकार गर्दै सो मुद्दा खारेज गरेको हो ।
ज्वेलरीले सम्झौता पालना नगरेको आरोप लगाएर होटल व्यवस्थापनले पसल उठाउन पत्र काटेपछि दमास ज्वेलरीका सञ्चालक नेपालले १६ करोड रुपैयाँको आफ्नो लगानी डुब्ने भएकाले पसल उठाउने प्रक्रिया रोकी पाऊँ भनी बारमार्फत अदालतमा मुद्दा हालेका थिए । काठमाडौं जिल्ला अदालतले गत १३ गते मुुद्दा खारेज गरिदिएकोमा, त्यसको दुुई दिनपछि उनी लुसुुक्क सपरिवार दुुबईतर्फ उडेको थाहा भएको छ ।
उनले आफ्नो पसल एकजना जयपुरियालाई जिम्मा दिएको बताइएको छ । समाचार स्रोतले उनी फर्कने वा नफर्कने केही बताउन चाहेन । उनी हीरामोती तथा बहुुमूल्य पत्थरका सबैभन्दा ठूला व्यापारी मानिन्थे । बैंकले उनको व्यवसायलाई सघाउनेभन्दा पनि उनको सम्पत्तिमा आँखा लगाएका कारण उनी टाट उल्टिएर देशै छाड्न बाध्य भएको हुुन सक्ने संकेत स्रोतले गरेको छ ।
दमासका सञ्चालक विदेश भाग्नुुअघि सनराइज बैंकले सञ्चालक नेपाललाई चेतावनीयुुक्त पत्र पठाएको थियो । व्यवसाय विस्तारका लागि उक्त कम्पनीले चालुु पुंँजी कर्जाअन्तर्गत बैंकसंँगै करोडौं रुपैयाँ कर्जा लिएको थियो । कर्जा लिने र दिने दुुवै पक्षबीच पछिल्लो समय समस्या देखिएपछि दुुवै पक्षले विसं २०७२ साल माघ २८ गते कर्जा तिर्ने विषयमा दुुई पक्षीय सम्झौता गरेका थिए ।
उक्त सम्झौताको सर्त नम्बर चारमा प्रालिले बैंकसमक्ष कबुुल गरेअनुसार बैैंकले प्रदान गरेको कर्जा भुक्तानी तालिकाअनुुरुप किस्ताबापतको रकम नियमितरूपमा भुक्तान गर्नुुपर्ने थियो । तर, दमासका सञ्चालक नेपालले नियमितरूपम बुुझाउनुपर्ने कर्जाको किस्ता रकम नबुुझाएको र सर्त उल्लंघन गरेको भन्दै दमास ज्वेलरीका सञ्चालक नवराज नेपालका नाउँमा २०७३ कात्तिक चार गते सम्झौताबमोजिमको कर्जा सात दिनभित्र चुक्ता गर्न पत्राचार गरेको थियो ।
पत्रमा भनिएको थियो, यस पत्रको मितिले सात दिनभित्र सम्झौताबमोजिमको किस्ता बैंकलाई बुुझाउनुुु होला । अन्यथा उक्त सम्झौता भंग गरिने र कम्पनीले उपयोग गरेको कर्जा असुुलउपर गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
अर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्