Skip to content
LAXMI SUNRISE BANK

सिनर्जी पावरको सेयर आज देखि, ५० देखि २१ हजार कित्ता सम्म आवेदन गर्न पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले शुक्रबार देखि साधारण सेयर बिक्री सुरु गरेको छ। कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत २१ लाख कित्ता साधारण सेयर जारी गरेको हो। आउँदो मंगलबारसम्म आवेदन दिन पाइने जनाइएको छ।
२१ करोड रुपैयाँको सेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजीमा ६० प्रतिशत प्रबर्धक र ४० प्रतिशत सर्वसाधारणको हिस्सा हुनेछ। सर्वसाधारणको ४० प्रतिशत मध्ये १० प्रतिशत बिन्दुले हुन आउने दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ। कम्पनीले दोलखामा १० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दैछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK