×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टानद्वारा कार्ययोजना तर्जुमा गर्न गोष्ठीको आयोजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

टानद्वारा कार्ययोजना तर्जुमा गर्न गोष्ठीको आयोजना

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

ट्रेकिंङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो कार्यक्रमहरुको मुल्यांकन गर्न तथा नयाँ कार्यक्रमहरु तर्जुमा गर्न सदस्य कम्पनीहरुको उपस्थितिमा मंगलबार काठमान्डौमा ‘कार्यक्रम मुल्यांकन तथा कार्ययोजना तर्जुमा गोष्ठी’ आयोजना गरेको छ । 
संघको ३८औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यमा आयोजना गरिएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सुमन पाण्डे, दिपक महत, ज्योति अधिकारी तथा महेन्द्रसिंह थापा लगयात पूर्व पदाधिकारीहरु, टानका सदस्य तथा नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण अर्याल र पूर्णबहादुर कुँबर, टान सदस्य कम्पनीका प्रतिनिधिहरु साथै बर्तमान कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति थियो । 
कार्यक्रमको औचित्य प्रस्ट पार्दै टान अध्यक्ष चन्द्रप्रसाद रिजालले गोष्ठीको आयोजना बर्तमान कार्यसमितिले ल्याएका कार्यक्रमहरुको मुल्यांकनका साथै आगामी बर्षको लागि नयाँ कार्यक्रम तर्जुमा गर्न गरिएको बताए । ‘टानका कार्यक्रमहरुमा सदस्य कम्पनीहरुको खासै उत्साहप्रद उपस्थिति हुन नसक्नु दुखद कुरो हो । सदस्य कम्पनीहरुले गल्ती औंल्याएर सुझाव सल्लाह नदिए टानलाइ चुस्त दुरुस्त बनाउन सकिन्न’ रिजालले बताए । टान कर्मचारी नियमावली र टान आर्थिक नियमावली टान सचिबालयलाइ प्रभावकारी र आर्थिक अनुशासन कायम गर्न ल्याउन लाएको बताउंदै, रिजालले यसको मस्यौदामा सुझाब-सल्लाह दिएर सहयोग गर्न आग्रह गरे। 
कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै बरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले पर्यटन संघ-संस्थामा बढ्दो राजिनितिकरण दुखद भएको बताउनुभयो । शेर्पाले आफ्नो राजनैतिक पहुँचलाइ समग्र पर्यटन क्षेत्रको समस्या तथा चुनौतिहरु सामाधान गर्न प्रयोग गर्न सबैलाई आग्रह गरे ।  ‘हामीसँग प्रचुर पर्यटन सम्भावना छ, तर त्यसको उपभोग गर्न पूर्वाधार छैन । हाम्रा कार्यक्रमहरुलाई भाषणमामात्र सिमित नराखी कार्यान्वयनमा लान ढिलो भैसक्यो,” शेर्पाले बताए । सबै संघ-संस्था मिलेर सरकारलाई सुझाब दिन र त्यसलाई कार्यान्वयन गर्न संयुक्त दबाब दिन उनले सुझाव  दिए ।
कार्यक्रममा टान प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले बर्तमान कार्यसमितिले आफ्नो कार्यकालको पहिलो बर्षमा गरेको कार्यक्रम तथा गतिबिधि समेटेर प्रस्तुति दिएका थिए । 
तेसैगरी  पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले टान कार्यसमितिले कुनै आग्रह-पूर्वाग्रह नराखी पुराना कार्यसमितिबाट भएका त्रुटिहरुलाई कमजोरीको रुपमा चित्रण नगरी त्यसलाई सच्याइ अघि बढ्न आग्रह गरे । अर्का पूर्व अध्यक्ष ज्योति अधिकारिले बर्तमान कार्यसमितिले एकदमै खटेर काम गरेको भएतापनि सरकारको नेतृत्व र नीतिगत अस्थिरताले प्रतिफल प्रभावित भएको बताए । “बाहिर बसेर आलोचना गर्न सजिलो छ, तर संस्थामा बसेर कार्यसम्पादन गर्न साह्रै गाह्रो छ । मिडियामा फोटो छापेर, पुरस्कार थापेको आधारमा मात्रै मुल्यांकन हुँदैन । व्यवसायीहरुको पीडा गुनासाहरु कतिको सम्बोधन भएका छन्, पदयात्रा क्षेत्र कत्तिको मार्यादित र ब्यबस्थित भएका छन् त्यसका आधारमा मुल्यांकन गरिनुपर्छ,” उनले बताए ।
सचिवालयको कामकारबाही प्रभावकारी बनाउन ‘हायर एण्ड फायर’ नीति ल्याउनुपर्ने बताउंदै अधिकारीले कार्यसम्पादन चित्त नबुझे कर्मचारी निकालेर योग्य कर्मचारी भर्ति गर्न कार्यसमिति तयार हुनुपर्ने बताए ।त्यस्तै पूर्व-अध्यक्ष दिपक महतले बार्षिक साधारणसभा पुर्ब सदस्यहरुमाझ कार्ययोजना तर्जुमा गर्न यस्तो गोष्ठी आयोजना गरेर ऐतिहासिक काम गरेकामा कार्यसमितिको प्रशंसा गरे । तर पुरानो कार्यक्रमलाई निरन्तरता दिएको तर नयाँ चीज शुरुवात गर्न नसकेकोमा उनले कार्यसमितिको आलोचना गरे । टान कर्मचारीतन्त्रलाइ थप अधिकार दिएर कार्यसमिती र सदस्यहरुप्रति उत्तरदायी बनाउन उहाँले सुझाब दिए । 
कार्यक्रममा बोल्दै अर्थबाउन्ड एक्सपिडिसनका राजन सिंखडाले डोल्पो र उपल्लो मुस्ताङलाई नियन्त्रित क्षेत्रका रुपमा राख्ने कुरालाई पुनर्विचार गर्न सरकारलाई टानले दबाब दिनुपर्ने बताए । ‘सडक सुविधा पुगिसकेको उपल्लो मुस्तांङमा न्युनतम दश दिनको व्यवस्थाका निम्ति दुइ पर्यटक चाहिने व्यवस्था अव्यावहारिक भयो,’ सिंखडाले बताए । अनाधिकृत पदयात्रा गतिविधि निरुत्साहित गरी पदयात्रा प्याकेजहरुको न्युनतम मूल्य तोक्न ढिलो भैसकेको भन्दै सिंखडाले त्यसतर्फ पहल लिन टानलाइ आग्रह गरे । 
त्यस्तै पूर्व महासचिब सागर पाण्डेले पर्यटन विकासको लागि सबै पर्यटन संघ-संस्था मिलेर रणनैतिक योजना बनाउन सरकारलाइ सघाउनुपर्ने बताए ।  ‘तर त्यसको कार्यान्वयनको लागि निजिक्षेत्रले सरकारलाई बारम्बार झस्काउनुपर्छ,’ उनले भने । 
फर्स्ट इन्भाईरेन्मेन्टल ट्रेकिंङका ठाकुरराज पाण्डेले पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए । ‘गाउँमा भूकम्पपछी सरकारी अनुदानमा नयाँ घरहरु भन्दैछन् । अलिकति अनुदान थपेर प्रत्येक घरमा कम्तिमा एउटा कोठा पर्यटक सुताउन मिल्ने खालको बनाए ६० लाख थप पर्यटकलाइ आवास सुबिधा दिन सकिन्छ । यसमा टानले सरकारलाइ सुझाव  र आवश्यक परे दवाव देओस,’ पाण्डेले भने । 
त्यस्तै पूर्व बरिष्ठ अध्यक्ष केशब पाण्डेले व्यक्तिगत आग्रह-पुर्वाग्रहले टानलाइ घाटा पुग्ने भन्दै यस्तो कार्यलाई निरुत्साहित गरिनुपर्ने बताए । ‘नयाँ कार्यक्रम तर्जुमा गर्दा राजनैतिक आस्थाको आधारमा गुट-उपगुटको आधारमा नगर्नुहोस् ।  टानको बृहत्तर हित हुने कार्यक्रम ल्याउनुस,’ पाण्डेले सुझाव दिए ।
टानका पुर्ब कोषाध्यक्ष अन्जन थापाले टिम्सको रकम के कारणले आउनसकेको छैन टानले सदस्य कम्पनीहरुलाई जानकारी गराउनुपर्ने बताए । पर्यटन बोर्डले टिम्स कोषबाट गरिएको खर्चमा बेरुजु देखिएर टानको हिस्सा नदिएको सुन्नमा आएको बताउंदै थापाले यदि त्यसो हो भने बेरुजु सल्टाउन एउटा समिति बनाएर अघि बढ्न कार्यसमितिलाई आग्रह गरे । मौसम पूर्वानुमान संयन्त्र जडान गरेर डिस्प्ले बोर्डमार्फत हाइपास नजिक देखाइने ब्यबस्था गर्न थापाले टानलाइ आग्रह गरे । 
कार्यक्रममा पूर्व प्रथम उपाध्यक्ष बच्चुनारायण श्रेष्ठ, हिमा ट्रेक्सका प्रशान्त रेग्मी र सातोरी एडभेन्चरका ऋषि भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै टान महासचिव कर्णबहादुर लामाले कार्यक्रममा आएका सुझावहरुलाई टानको बार्षिक कार्यक्रममा राखी साधारण सभामा प्रस्तुत गरिने बताए । 
कार्यक्रम समापन गर्दै टान कोषाध्यक्ष लिलाबल्दब दाहालले विश्व पर्यटन बजारमा बिबिसी, सीएनएन लगायत टेलिभिजनमार्फत नेपालको पर्यटन प्रबर्द्धन गरिनुपर्ने बताए। 
हेर्नुहोस् कार्यक्रमका केहि झलकहरु : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: