
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पर्वतको कुश्मा नगरपालिका(१२ परादीमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले आगामी असारभित्रै उत्पादन दिन सक्ने आयोजनाका इन्जिनियर शरद बास्तोलाले जानकारी दिएका छन्।
आयोजनाको बाँध, टनेल, पावरहाउस र इन्टेक लगायतका मुख्य काम अन्तिम चरणमा पुगेकाले चालु आर्थिक वर्षभित्रै उत्पादन थाल्ने आयोजना इन्जिनियर बास्तोलाको भनाइ छ।‘अहिले फुल फेजमा चौबिसै घण्टा काम भइरहेको छ,’ इन्जिनियर बास्तोलाले भने( ‘अब टर्बाइन फाउन्डेसनको काम अलि बढी छ।
त्यो पनि असारभित्रै सक्छौं र परीक्षण उत्पादन सुरु हुन्छ।’ अहिले तीन सयभन्दा बढी कामदारले दिउँसो र राति आलोपालो काम गरिरहेको उनले बताए। आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेका अनुसार गएको असोजमै उत्पादन दिने लक्ष्य रहेकामा भूकम्प र नाकाबन्दीका कारण निर्माण समय लम्बिएको हो।
नदी सतहदेखि टनेलसम्म पुग्ने क्षेत्रको काम ९० प्रतिशत भन्दा बढी सकिएको आयोजनाले जनाएको छ। पातीचौरबाट सुरु भई ४२ सय मिटर टनेल चुवाको परादीमा टुंगिन्छ। टनेलको इन्लेट, आउटलेट, अडिट(१ र अडिट(२ गरी चार ठाउँबाट खनिएकाले सबैतिरको काम अन्तिम चरणमा छ। ‘अब टनेलभित्र र बाहिर डेफ्थ लेभलका केही काम मात्रै बाँकी छ,’ इन्जिनियर बाँस्तोलाले भने( ‘सबैतिर स्पीडमा काम भएकाले अब धेरै समय लाग्दैन।
४२ सय मिटर सुरुङमध्ये अब करिब तीन सय मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। आयोजना पूरा भएपछि वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। यसको लागत ३ अर्ब ६० करोड रुपैयाँको अनुमान भए पनि निर्माण अवधि लम्बिएसँगै लागतमा पनि केही वृद्धि हुन सक्ने आयोजना प्रमुख पवनकुमार यादवले बताए। आयोजनाको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फ्रास्ट्रक्चरले लिएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्