एजेन्सी – तामिलनाडुकी मुख्यमन्त्री जयललिताको अबस्था गम्भिर भएको बताइएको छ ।उनलाई हृदयघातका कारण डिसेम्बर २२ देखि चेन्नाइस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको अबस्था अत्यन्तै गम्भिर रहेकोले उनका लागि भगवानसंग प्रार्थना गर्न भनिएको छ ।
अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिंड लागकोले सुरक्षा व्यवस्था कडा बनाइएको छ । गत रातीदेखि अबस्था गम्भिर भएपछि तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव लगायत उनका मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका थिए ।
अस्पतालका प्रबन्धक संगीता रेड्डीले मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर अस्पतालका विशेषज्ञको टोली खटिएको जानकारी दिइन् ।