
काठमान्डौ – संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ । सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो ।
जिल्लाको शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको थियोे ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा मंगलबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार बिहान १० बजेदेखि लागु हुनेगरी निषेधित क्षेत्र फुकुवा गरिएको हो ।
गत ६ दिनदेखि संशोधन प्रस्तावको समर्थन र विरोधमा भएको प्रदर्शनले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी क्षेत्रका बजार, यातायात, बैंक र शैक्षिक संस्था बन्द रहेका छन् । बन्दका कारण सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्