
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आफू सम्पन्न रसम्मानित व्यक्ति भएको भ्रममा पारेर दर्जनौं युवतीहरुलाई ठगी गर्दै आएका दुई जनालाई बुधबार प्रहरीले बालाजुबाट पक्राउ गरेको छ। युवतीहरुलाई भ्रममा पार्ने झापा सनिअर्जुनका ३७ वर्षीय अभिषेक केसी भनिने नेत्रप्रसाद गिरी र पाँचथर फलैचाका ३५ वर्षीय रविन केसी भनिने रविन कुमार चिमरियालाई पक्राउ गरेको हो।
उनीहरुले डान्सबार, दोहरी र रेष्टुरेन्टमा गई आफू इन्जिनियर, व्यापारी हो भनी युवतीहरुलाई भ्रममा पारेर ठगी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। नाम, थर र पेशा पनि ठाटेर उनीहरुले युवतीहरुलाई ठगी गर्ने गरेको खुलेको ब्युरोका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन्।
युवतीहरुलाई विवाह गर्छु भनि विभिन्न बनावटी समस्या देखाएर रकम माग गर्ने गरेको रहेछु, उनले भनिन् विभिन्न स्थानका अशिक्षित र निर्दोष युवतीहरुलाई विशेष गरी फसाएको देखिन्छ।
पीडित युवतीहरुकै नामको मोवाइल सीम प्रयोग गर्दै आएको पनि खुलेको उनले बताइन। ठगी मात्र नभई शारिरीक शोषण समेत गर्ने गरेको एसपी चौधरीले जानकारी दिइन्। ठगीको पैसा उनीहरुले मोजमस्तीमै उठाउने गरेको पनि अनुसन्धानमा खुलेको उनले बताइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्