
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – चीनको कम्पनीमा कपडा प्याकिङ गर्ने काममा लगाईदिन्छु भनी २७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ। झापा सतासीधाम घर भई पुरानो बानेश्वर बस्ने ४३ वर्षीय गोपाल भनिने सोमनाथ शिवाकोटीलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो।
उनले चीनमा कपडा पसलमा कपडा प्याकिङ गर्ने काममा आकर्षक तलब हुन्छ भनी आठ जनालाई ठगी गरेका थिए। अछाम नन्देगडाका नवराज साउदसहित तीन जनाबाट नौ लाख आठ हजार, भोजपुर दोभानेका राजु भारती, मोरङ हालीमुडाका राजु भारती र अर्जुन गिरी, धादिङ बसेरीका सन्तोष ढकालसहित तीन जनाबाट १४ लाख ६० हजार रुपैयाँ लिएका थिए। उनीहरुलाई शिवाकोटीले काममा लगाइदिन्छु भन्दै भिजिट भिसामा चीन पुर्याएका थिए।
चीन पुर्याएर वर्किङ भिसा लगाइदिन्छु भनेर तीन महिनाको भिजिट भिसा लगाई अलपत्र पारेर शिवाकोटी फरार भएका थिए। अलपत्र परेकाहरुलाई चीनको प्रहरीले पक्राउ गरेर २२ दिन राखेपछि नेपाली दुताबासको जिम्मा लगाइदिएको थियो।
जम्प टु जम्पु कन्सल्टेन्सी दर्ता नै नगरी कार्यालय खोलेर ठगी धन्दा गर्दै आएका शिवाकोटीको विरुद्धमा पीडितहरुको आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुको उद्धार र शिवाकोटीलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्