
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा यात्रा गर्नेले जथाभावी फोहोर फाल्न नदिन कडाइ गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको सहमतिपछि शूक्रबारदेखि सवारीसाधनबाट सडकमा फोहर फाल्न नपाउने व्यवस्था लागू गर्न लागिएको हो।
नयाँ व्यवस्था अनुसार काठमाडौंभित्र चल्ने वा लामो दूरीका सवारीसाधनमा यात्रा गर्नेले गाडी छुट्नु अघि, चलिरहँदा र रोकिएको बेला सडकमा जथाभावी फोहर फाल्न पाउने छैनन्। मन्त्रालयका अनुसार हरेक सार्वजनिक सवारी साधनमा फोहोर संकलनका लागि तोकिएको गुणस्तर अनुसारको प्लाष्टिकको थैलो वा डस्टबिन अनिवार्य रुपमा राख्नु पर्नेछ।
गाडी छुट्नु भन्दा अगाडी सवारी चालक वा सहचालकले यात्रुलाई डस्टबीनको प्रयोग गर्न अनुरोध गर्ने, गाडीमा सुचना टाँस गर्ने तथा यात्रुले फालेको फोहोर तोकिएको ठाउँमा मात्रै विसर्जन गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ। यस्तो व्यवस्थाको उल्लंघन गरिएमा फोहर गर्ने व्यक्ति, संस्था तथा सार्वजनिक यातायातका सञ्चालकलाई फोहोरमैला ऐन अनुसार जरिवाना र आवश्यक कारवाही गरी नाम समेत सार्वजनिक गरिने चेतावनी मन्त्रालयले दिएको छ।
सार्वजनिक सवारी साधनबाट प्लाष्टिकको बोतल, खानेकुरा, तयारी खानेकुराका खोल, प्लाष्टिकका झोला, कागज लगायत जथाभावी फालिँदा फोहर बढेको र वातावरणमा समेत प्रतिकूल प्रभाव परेकाले त्यसलाई रोक्न भन्दै स्थानीय विकास मन्त्रालय र यातायात व्यवसायी बीच फोहर व्यवस्थापन सम्बन्धि नयाँ व्यवस्था लागू गर्ने गरी मंसिर १७ गते सहमति भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्