×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शैक्षिक स्तरवृद्धिका लागि टिष्टुङमा धार्मिक महोत्सब, प्रचार समितिको संयोजकमा पत्रकार बिडारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शैक्षिक स्तरवृद्धिका लागि टिष्टुङमा धार्मिक महोत्सब, प्रचार समितिको संयोजकमा पत्रकार बिडारी

२७ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मकवानपुरको थाहा नगरपालिकामा अवस्थित बज्रबाराही उच्च माबिले गर्न लागेको धार्मिक तथा शैक्षिक महोत्सबको प्रचारप्रसारको लागि प्रचारप्रसार उपसमिति गठन भएको छ । दामन पोस्ट साप्ताहिक पत्रिका तथा अनालाईन संस्करणका सम्पादक शन्तराम बिडारीको संयोजकत्वमा शनिबार धार्मिक तथा शैक्षिक मेला प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।
पूर्वबिद्यार्थी बिडारीको सयोजकत्वमा गठित समितीमा रामजी बलामी, कुमार नेगी,सुरज भुजेल, राजेश श्रेष्ठ, निराजन गोपाली, रुपक कालिराज, मुक्तिनाथ उप्रेती सदस्य रहेका छन । मेलाको व्यापक प्रचारप्रसार गर्न उपसमितिले सदस्यहरु थप गरि पदाधिकारी चयन गर्ने तयारी रहेको संयोजक शान्तराम बिडारीले जानाकारी गराउनुभयो ।
प्रभावकारी कार्यसम्पादनमा सहजता ल्याउन फोकल कार्यालय बज्रबाराहीमा, र स्टेरीङ अफिस काठमाडौंको बागबजारमा राख्ने तयारी भएको उहाँले बताउनुभयो । बिद्यालयको धार्मिक तथा शैक्षिक विकासका लागी आयोजना हुन लागेको महोत्सब आगामी पुस १५ गतेदेखि २२ गतेसम्म चल्नेछ । महोत्सवमा कथा वाचक गोबिन्द शरण महाराजले प्रवचन दिने कार्यक्रम छ । महेश्वर सुवेदीको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिले महोत्सवबाट करिव ५ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: