
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – अज्ञात समूहद्वारा हत्या गरिएका युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीलाई सहीद घोषणा गर्न युवा संघले माग गरेको छ। संविधान संसोधनविरुद्धको आन्दोलनमा सक्रियतापूर्वक लागेका तिवारीलाई राज्यले सम्मानस्वरुप सहीद घोषणा गर्नुपर्ने संघको माग छ।
युवा संघ र जिल्ला प्रशासन कार्यालयबीच भएको वार्ताका क्रममा युवा संघले तिवारीलाई सहीद घोषणा गर्न सिफारिश गर्नुपर्ने, हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र रुपन्देहीको बिग्रदो सुरक्षा अवस्थालाई तत्काल सुधार गरी आमजनतालाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने माग राखेको छ।
यी माग पूरा गर्ने आश्वासन प्रशासनले दिएपछि मात्रै शव उठाउने युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले बताए। उनले जिल्ला प्रशासनको निर्णयका कारण शवयात्रा र अन्त्येष्टिमा केही ढिलाइ हुनसक्ने बताए। युवा संघले तिवारी यसअघि ठेक्कापट्टामा संलग्न रहेको भन्ने प्रचार बढी भएको भन्दै त्यसलाई पुष्टि गर्न माग गरेको छ।
‘दुर्गा तिवारीले आफ्नो व्यवसाय गर्नुभएको थियोु, सचिवालय सदस्य पोखरेलले भने– ुठेक्कापट्टामा संलग्न रहेको र त्यसैकारणले हत्या भएको भन्ने कुराको सामाजिक सञ्जाल र केही मिडियाहरुबाट बढी प्रचार भएको छ, त्यसरी प्रचार नगरी मानवीय समवेदनालाई ख्याल गरिदिनुहुन आग्रह गर्छु।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्