
काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पार्टीमा कारवाहीको तयारी गरिएको छ । संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेता बर्षमान पुनले पार्टीमा छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरबाट गल्ती भएको छ,’ हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै नेता पुनले भने– ‘यसबारे पार्टीमा छलफल हुन्छ ।’
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने टोपबहादुर पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जनतासँगै आन्दोलनमा उत्रिएका छन् ।
जनतासँगै आन्दोलनमा उत्रिएका टोपबहादुरले केही दिनअघि बुटबलमा आयोजित जनसभामा संशोधन प्रस्ताव सरकारले एक्लाएक्लै ल्याएको र माओवादीले संस्थागत निर्णय नगरेको बताएका थिए ।
उनको यो भनाईमा आपत्ति जनाउँदै पुनले रायमाझीसहितको बैठकले संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिएको दाबी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्