
बुटवल– सरकारले ल्याएको संविधान संशोधन विद्येयकमा ५ नम्बर प्रदेशलाई विभाजन गरिएको विरोधमा कांग्रेस, एमाले र माओवादीका नेता एक भएका छन् । एमालेले ससंशोधन विद्येयकको विरोध जनाइरहेका बेला सत्तासाझेदार दल कांग्रेस र माओवादीका नेतासमेत विरोधमा उत्रिएका हुन् ।
प्रदेश विभाजनको विरोधमा बुटवलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन माओवादी नेता टोपबाहदुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी त्यहाँ पुगिसकेका छन् । उनीहरुसँगै रुपन्देहीबाट निर्वाचित सांसदसमेत विरोध सभामा सहभागी हुने जनाइएको छ ।
केन्द्रमा सत्तासाझेदार दल संशोधनको पक्षमा एकातिर र प्रमुख प्रतिपक्ष एमालेसहितका दल संशोधनको विरोधमा अर्कोतिर देखिएता पनि जिल्लास्तरमा भने सबै दल र तीनमा नेता एकैस्थानमा उभिएर विभाजनको विपक्षमा उभिएका हुन् । विरोध कार्यक्रमको संयोजन एमाले प्रदेश नम्बर ५ का संयोजक विष्णु पौडेलले गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्