×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के ट्राफिक प्रहरीलाईचाहिं कानुन लाग्दैन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

के ट्राफिक प्रहरीलाईचाहिं कानुन लाग्दैन ?

Artha Sarokar

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

ट्राफिक प्रहरी । अनुशासन सिकाउन र ट्राफिकलाई व्यवस्थापन गर्न बसेका राष्ट्रसेवक । तपाईंले सानो गल्ती गर्नुभयो भने चिट काटेर जरिवाना तिराइहाल्ने एउटा राष्ट्रको पहरेदार । तर अनुशासन सिकाउने प्रहरीमा पनि मनलाग्दी बढेको छ । ‘ट्राफिक प्रहरी’ले चाहिं जे गरेपनि हुन्छ भन्ने शैलीमा ट्राफिक प्रहरीले नै अनुशासन मिच्दै आएका छन् । र यो अर्को उदाहरण हो ।      
यो तस्विर अरनिको राजमार्गको मुख्य सडक काठमाडौँ, तीनकुनेको हो ।  एक ट्राफिक प्रहरी बिना हेलमेट ६० किलोमिटर प्रति घण्टाको गतिमा कुदिरहेका थिए । तर यिनलाई कसले छुने ? ट्राफिक नियम पल्टाएर हेर्ने हो भने हेल्मेट नलगाई मोटरसाइकल वा स्कुटर चलाउन पाईदैन । यी ट्राफिक प्रहरीले सरासर नियमको उल्लङ्घन गरेका छन् ।
यस्ता कानुन मिच्ने प्रहरीलाई कार्वाही गर्न सक्छ भने सम्बन्धित निकायले गरोस् । स्कुटरको नम्बर प्रष्ट छ । कारिवाही गर्ने हो भने गाह्रो छैन ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी