
एजेन्सी – चीनले अमेरिकालाई अफठ्यारो पार्ने ब्यापारिक नीति अख्तियार गरिरहेको आरोप लगाउँदै ट्रम्पले अव अमेरिका ‘एक चीन नीति’ मा प्रतिबद्ध रहन नसक्ने बताएका छन् ।अमेरिकाले सन् १९७२ यता एक चीन नीति मान्दै आएको छ । तत्कालीन चिनियाँ कम्युनिट पार्टीका अध्यक्ष माओत्से तुङ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनबीच भएको वार्तापछि अमेरिका एकचीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ ।
ट्रम्पका अभिब्यक्तिबाट क्रुद्ध बनेको चीनले भने दक्षिणी चीन सागरमा बम्बर विमान पठाएर ट्रम्पलाई कडा सन्देश दिएको हो । चिनियाँ सेनाका शियान ज्(ट बम्बर विमान चिनियाँ सागरको आकाशमा उडेका थिए । चीनले यो विमान बम खसाउनका लागि प्रयोग गर्दै आएको छ ।
बेइजिङमा कडा विरोध भएपनि ट्रम्पले ताइबानलाई चीनको भूभाग मान्न ट्रम्पले अस्वीकार गर्दै करिव ४ दशक पुरानो अमेरिकी नीतिमाथि पुनर्विाचार गर्ने संकेत दिएका छन् ।डोनाल्ड ट्रम्पले निहुँ खोज्ने संकेत गरेपछि चीनले पनि कडा सन्देश फर्काइसकेको छ । ट्रम्पले अमेरिका ‘एक चीन नीति’मा बाँधिन बाध्य नरहेको भन्दै उग्र अभिब्यक्ति दिएसंगै चीनले दक्षिण चीन सागरमा बम्बर विमान उडाएको थियो ।
ट्रम्पले भने चीनले दक्षिणी चाइना सागरमा देखाइरहेको आक्रामक गतिविधीप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । तत्कालीन चिनियाँ कम्युनिट पार्टीका अध्यक्ष माओत्से तुङ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनबीच भएको वार्तापछि अमेरिका एकचीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ ।
ट्रम्पको पछिल्लो नीतिले विश्वका २ शक्ति राष्ट्रबीच भयानक टकराव उत्पन्न हुने र युद्धको अवस्था पनि आउन सक्ने विश्लेषकहरूको दाबी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्