
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – निर्माण सम्पन्न भएको १२ वर्षपछि रक्त सञ्चार केन्द्र उदयपुरको भवन उद्घाटन गरिएको छ। मंगलबार गाईघाट आइपुगेका स्वास्थ्य मन्त्री गगनकुमार थापाले १२ वर्षअघि निर्मित एकतले पक्की ब्लडबैंक भवनको उद्घाटन गरेका हुन्। २०६२ मा निर्माण गरिएको भवन वेवारिसे अस्वथा पुगेको थियो।
जिल्ला अस्पताललाई रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्र स्थापनार्थ बनाइएको भवन उद्घाटनसँगै सञ्चार सेवा सुरु हुने भएको छ। नेपाल रेडक्रस सोसाइटि उदयपुर शाखा मातहत रहनेगरी भवनमा रक्त सञ्चार सेवा सुरु गर्ने सम्पूर्ण तयारी पूरा भएको रेडक्रसका जिल्ला सभापति बिनोद बस्नेतले बताएका छन्।
‘रक्त सञ्चित गर्ने फ्रिज, चेकजाँच गर्ने माइक्रोस्कोप र अन्य आवश्यक सबै उपकरणको व्यवस्था गरिसकिएको छ’, सभापति बस्नेतले भने( ‘अब रक्त सञ्चार केन्द्र गाईघाटमै सुरु हुने छ।’ केही उपकरण यसअघि नै ल्याइसकिएको र बाँकी उपकरण ९ लाख रुपैंया लागतमा यही साता ल्याएर सेवा सञ्चालन गर्ने तयारी गरिएको सभापति बस्नेतले बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्