×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचनबारे एमालेको यस्तो प्रस्ताव

GLOBAL IME BANK

निर्वाचनबारे एमालेको यस्तो प्रस्ताव

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्य गरिरहेका बेला एमालेले पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै संवैधानिक संकट टार्न पहिला संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले तीनै तहको निर्वाचनमा सरकारले गरिरहेको ढिलाइका कारण समस्या समाधानका निम्ति पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए, आजको राजधानी दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: