×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले समर्थनमा प्रधानमन्त्री बन्ने देउवाको चाहना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमाले समर्थनमा प्रधानमन्त्री बन्ने देउवाको चाहना

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवासँग सशंकित भएका छन् ।
देउवा र एमाले अध्यक्ष केपी ओलीको निकटता एकाएक बढेपछि प्रचण्ड सशंकित बनेका हुन् । आफूसँग परामर्शै नगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक थाती राख्न देउवाले ओलीलाई बचन दिएपछि प्रचण्ड सशंकित बनेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
केही दिनअघि देउवा ओली भेट्न आफैं सिंहदरबारस्थित एमालेसंसदीय दलको कार्यालय पुगेका थिए । त्यस क्रममा देउवाले ओलीसमक्ष संविधान संशोधन विधेयक थाती राखेर स्थानीय तहको निर्वाचनमा जान सकिने विकल्प अघि सारेका थिए ।
ओलीले उक्त विकल्पलाई सकारात्मक रुपमा लिएपछि दुई नेताबीच दूरी घटेको हो । देउवासँगको सहमतिमै संविधान संशोधन विधेयक ल्याएका प्रधानमन्त्री देउवाको ‘यूटर्न’ देखेर चकित परेका छन् ।
यस्तो छ कारण
काँग्रेस र माओवादी केन्द्रबीच वर्तमान सत्ता समीकरण निर्माण गर्ने बेलामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । त्यति नै बेला नौ हमिना ९आगामी चैत० सम्म प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि देउवाले नेतृत्व लिने ‘ननपेपर एग्रिमेन्ट’ भएको बाहिर आएको थियो ।
त्यतिबेलासम्म प्रचण्ड नेतृत्वमा स्थानीय निकाय निर्वाचन सम्पन्न गर्ने भनिएको थियो । तर, चैतसम्म निर्वाचन हुने सम्भावना देखिएको छैन ।
माओवादी केन्द्रले भने नौ महिनामा सरकार फेर्ने सहमति नभएको दाबी गर्दै स्थानीय निर्वाचनपछि देउवालाई दिने सहमति भएको बताउन थालेको छ । प्रचण्डको त्यस्तो दाबीबाट सशंकित भएर देउवाले पहिल्यै सरकार गिराउने कसरत थालेको चर्चा सुरु भएको छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले देउवालाई ‘गो अ हेड’ भनिसकेका छन् । एमाले समर्थनमा देउवाले प्रधानमन्त्री हुन चाहेको सूचना पाएपछि प्रचण्ड थप शसंकित बनेको उनका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: