
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन सक्ने गरी तयारी गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले संविधानले तोकेको मितिभित्र अनिवार्य रुपमा निर्वाचन गर्न कानुनी तथा राजनीतिक वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारलाई संविधान संशोधन विधेयक फिर्ता लिएर संविधान अनुसार गर्नुपर्ने निर्वाचनको तयारीमा लाग्न ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिए। उनले संसदमा पेश भएको विधेयक फिर्ता गरिएमात्र राजनीतिक सहमतिको वातावरण तयार हुने बताए। एमाले स्थायी कमिटीको बैठकले संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि प्रदेश नम्बर ५ मा भएका शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
सरकारले विधेयक फिर्ता नलिए प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय समेत बैठकले गरेको नेता भट्टराईले बताए। उनले भने ुसरकारले संसद्मा संशोधन विधेयक दर्ता गराएयता प्रदेश नम्बर ५ मा भएका शान्ति पूर्ण आन्दोलनमा पार्टीले ऐक्यबद्धता जनाउने निर्णय गरेको छ। यस्तै, आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि बैठकले गरेको छ।
संसदमा भइरहेको गतिरोध अन्त्यका लागि सरकारले विधेयक फिर्ता लिनुपर्ने समेत बैठकले निर्णय गरेको उनको भनाइ छ। उनले निर्वाचन गर्ने प्रतिबद्धता जनाउन समेत सरकारको ध्यानाकर्षण गरेको बताए। बैठकले पछिल्लो समयमा पुरानै संरचनामा निर्वाचनमा जाने विषय सरकार पक्षबाट आइरहेको विषयमा कडा आपत्ति जनाउँदै संविधान अनुसार नै नयाँ संरचनामा निर्वाचनमा जानुपर्नेमा जोड दिएको उनले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्