
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यससहित ९६ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, नेताहरू राधाकृष्ण मैनाली, शङ्कर पोखरेल, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ लगायतले नव प्रवेशीलाई टिका र खादा ओढाएर बिहीबार पार्टी प्रवेश गराए।
पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय राजनीतिक समितिका सदस्य तथा खसान प्रदेश ईञ्चार्ज वीरेन्द्रबहादुर बोगटीको नेतृत्वमा ९६ जना संघीय समाजवादी पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। यसरी प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा टोपबहादुर वली मगरात प्रदेशका सह(इन्चार्ज हुन् भने प्रकाश अधिकारी चितवन जिल्ला इन्चार्ज हुन्। यस्तै ओमकृष्ण प्रसाईं खेलकूद विभाग प्रमुख, राजेन्द्रप्रसाद खनाल खेलकूद विभागका सचिव हुन्।
संघीय प्रेस फोरमका वरिष्ठ उपाध्यक्ष तथा संघीय समाजवादीका प्रचार–प्रसार उपसमिति सदस्य सुकदेव चाम्लिङ, नेवा प्रदेश कमिटी सदस्य तथा मानव अधिकार संगठन विभागका सचिव कृष्ण केसी एमालेमा प्रदेश गरेका छन्। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय राजनीतिक समितिका सदस्य वीरेन्द्रबहादुर बोगटीले नेपाली विविधतालाई प्रयोग गरेर आफ्नो कुत्सित मानसिकता पूरा गर्नेहरुको झुण्डमा लामो समयसम्म रहिरहन नसकेको प्रतिक्रिया दिए। उनले भने( ुदेश टुक्राउने खेल खेलिरहँदा त्यस समुहमा बसिरहन सकिएन।
नेपाली विविधतालाई प्रयोग गरेर आफ्नो कुत्सित मानसिकता पूरा गर्नेहरुको झुण्डमा लामो समयसम्म रहिरहन सकिएन।ु यस्तै अर्का केन्द्रीय सदस्य ओमकृष्ण प्रसाईले जातीय, धार्मिक, सांस्कृतिक विविधतालाई आफ्नो अभिष्ट पुरा गर्ने माध्यम बनाएकाले राष्ट्रियताको पक्षमा लाग्ने पार्टीको खोजि गरिरहँदा एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्