
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्।
एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको टिप्पणी गर्दै अध्यक्ष यादवले उसले संघीयता र गणतन्त्र जस्ता उपलब्धी समाप्त पारेर मुलुकमा गृहयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। ‘संविधान संशोधन विरुद्ध सडकमा जनता उचालेर एमाले संघीयता र गणतन्त्रलाई मास्ने षड्यन्त्रमा लागेको छ’ कपिलवस्तुको पकडीमा शुक्रबार आयोजित आमसभामा उनले भने, ‘एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव विथोल्ने र परिवर्तन विरुद्ध उभिएको एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी छ।
एमालेकै गैरजिम्मेबार गतिविधि र अभिव्यक्तिले गर्दा मुलुकमा विखण्डनको बीजारोपण भएको समेत यादवले आरोप लगाएका छन्। उनले भने, ‘एमालेको प्रतिगामी आन्दोलन मधेशी र आदिवासी जनजातिहरू विरुद्ध षड्यन्त्र मात्र नभई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई नै धरापमा पार्ने कार्य गरेको छ।
अध्यक्ष यादवले संविधान संशोधन नभए कुनै पनि चुनाव हुन नदिने चेतावनी समेत दिएका छन्। ‘संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन सक्दैन’ यादवले भने, ‘मधेशी मोर्चा र संघीय गठबन्धनले उठाएको माग अनुसार संशोधन नगरी त्यसलाई थाती राखेर कसैले पनि निर्वाचनको दिवास्वप्न नदेखे हुन्छ।’ उनले भने,– ‘संविधान संशोधन गरी राष्ट्रिय समस्याहरूको समाधान गरेर मात्र कुनै पनि निर्वाचन हुनुपर्छ। अन्यथा मुलुक आन्तरिक गृहयुद्धमा फसे विखण्डनकारी र प्रतिगामी तत्वहरुलाई फाइदा पुग्नेगरि प्राप्त उपलब्धि गुम्न सक्छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्