
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – देशकै सबैभन्दा अग्लो मानिएको काठमाण्डौ भ्यु टावर निर्माणमा ढिला भएसंगै यसको निर्माण प्रक्रियासमेत अनिश्चित बनेको छ। काठमाण्डौ महानगरपालिकाको २३ रोपनी क्षेत्रफ़लमा बनाउने भनिएको २९ तले उक्त व्यापारिक भवन बनाउन नहुने आवाजसमेत उठ्न थालेका छन्।
गतबर्ष मंसिरमा उपराष्ट्रपति नन्द बहादुर पुनले सिलान्यास गरेको बहूद्देशीय उक्त व्यापारिक भवन निर्माण गर्न नहुने अडानमा काठमाण्डौ क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान छन्। काठमाण्डौ क्षेत्र नम्बर ४ का सांसद तथा स्वाथ्यमन्त्री गगन थापासमेत उक्त टावर निर्माण गर्न नहुने पक्षमा रहेका छन्।
मन्त्री थापाको साथ् पाएका सांसद प्रधानले उक्त टावर बनाउन नहुने भन्दै पटक पटक अवरोध समेत गर्दै आएका छन्। यदि कसैले उक्त टावर निर्माण गरे काठमाण्डौका जनताको साथ् लिएर उक्त टावर आफुले भत्काउने सांसद प्रधानले बिजपाटिलाई बताए।
काठमाण्डौमा खुल्ला क्षेत्र सकिदै गएकाले उक्त स्थान खुल्ला नै छोड्नुपर्ने प्रधानको मत रहेको छ। जनताले आफ्नो तरकारी खाने खेति बसपार्कका लागि त्यागेका थिए, न कि व्यापारिक भवन बनाउन, त्यसकारण उक्त स्थानमा व्यापारिक टावर निर्माण गर्नु जन अपमान हुनेछ,सांसद प्रधानले बताए।
तात्कालीन सुशील कोइराला सरकारको पालामा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको पहलमा उक्त टावर निर्माणको प्रक्रिया सुरु गरिएको थियो। समुदाय, सरकार र निजि क्षेत्रको संयुक्त साझेदारीमा ७० करोडको लागतमा उक्त भवन निर्माण गर्ने योजना सरकारको रहेको छ।
तर हालको पुरानो बसपार्कमा यति ठुलो टावर बनाउदा भूकम्प तथा दैवीप्रकोपका बेला अत्यावस्यक पर्ने खुला स्थान मासिने डर सोहि क्षेत्रका सांसद प्रधानको छ। काठमाण्डौ भूकम्पको जोखिमयुक्त ठाउँ भएकाले खुल्ला क्षेत्र मास्दा जोखिम बढ्ने भएकाले यो टावर निर्माणको मैले विरोध गरेको हुँ ( प्रधानले बिजपाटिलाई बताए।
नेपाली कांग्रेसका काठमाडौं जिल्लाका पुर्व सभापति रहेका प्रधानले बिजपाटिसंग भने( ुयति ठुलो भवन बनाउदा जमिनभित्र ३६ मिटर तलसम्म खन्नु पर्छ। यसले गर्दा स्थानीयका घर भासिन सक्ने समेत सक्छन । जनताका घर भत्काएर कुनै ठेकेदारलाई धनि बनाउने योजनामा सहभागी बन्न सक्दिनु ।
टावर बनाउन खोजिए जनताको विरोध हुन्छ। यदि जनविरोधको वास्ता नगरी उक्त टावर बनाइए जनताको साथ लिएर उक्त टावर आफुले भत्काइदिने प्रधानले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्