
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – वेस्टर्न डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद आजदेखि बिक्रि खुला गरिएको छ। बैंकले प्रती कित्ता १ सय रुपैयाँका दरले १५ करोड ६९ लाख रुपैयाँ बराबरको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद बिक्रि खुला गरेको हो।
बैंकले शतप्रतिशत हकप्रद बिक्रिका लागि कात्तिक २ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक १ सम्म कायम शेयरधनीहरुले हकप्रद भर्न पाउने छन।
कात्तिक १ सम्म कायम बैंकका इच्छुक शेयरधनीहरुले मङ्सिर २२ देखि पुष ६ सम्म आबेदन दिन सक्ने छन। इच्छुक शेयरधनीहरुले बैंकको सेयर निश्कासक तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन्।
शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ३१ करोड ३९ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २९ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्