
- अर्थ सरोकार संंम्वाददाता
काठमाडौं – युवा संघको प्राकृतिक स्रोत, साधन व्यवस्था विभागले आइतबार काठमाडौंमा आयोजना गरेको संघीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपयोगु विषयक कार्यक्रममा एकाएङ्क ब्यानर फेरिँदा अतिथि र सहभागीहरु नै अलमलमा परे।
एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र डा। रामशरण महतलाई अतिथि आसन ग्रहण गराइसकिएको थियो।
एमाओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन आइसकेका थिएनन्। कार्यक्रममा विभाग प्रमुख दीपक घर्तीमगरले अतिथिहरुलाई स्वागत गरिसकेपछि युवा संघ नेपालका उपाध्यक्ष दिलकुमारी पन्तले भाषण गरिरहेकी थिइन्।
ड्यासमा बसेका युवा संघका पदाधिकारीले एक्कासी कार्यक्रमको ब्यानर परिवर्तन गर्न थाले। ब्यानर नै परिवर्तन गर्न थालेपछि कार्यक्रम हलका सहभागीबीच चासो बढ्न थाल्यो। एकछिन कार्यक्रममा हल्लाखल्ला समेत बढ्यो। खासमा घटना यस्तो रहेछ।
कार्यक्रमका लागि बनाइएको मूल ब्यानरको पृष्ठभूमिमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रस्ताव गरेको प्रदेशहरुको खाका परेपछि आयोजकले हतार हतार परिवर्तन गरेको हो। पहिले राखिएको ब्यानरमा सरकारले संशोधन विधेयकमा प्रस्ताव गरे अनुसार तराईमा दुई प्रदेश भएको ब्यानर परेको थियो। तर युवा संघका पदाधिकारीहरुले त्यसलाई हटाएर पृष्ठभूमिमा नक्शा नै नभएको अर्को ब्यानर टाँसेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्