
काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेत योगेन्द्र चौधरीले पाँच नम्बर प्रदेशको सीमाङ्कनको विषयमा मधेसी मोर्चाका नेताहरूसँग भइरहेको वार्ताप्रति चरम असन्तुष्टि जनाएका छन् ।
सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा आइतबार पत्रकारहरूसँग कुरागर्दै मुख्य सचेतक चौधरीले थारुले थरुहट प्रदेश माग गर्दा बिखण्डनकारीको आरोप लागेकोमा असन्तुष्टि जनाए ।
‘थारुले तराईका जिल्लाहरू समेटेर नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश माग गरेका छन्’, उनले भने, ‘थारुले आफ्नो पहिचान हुने गरेर संघीय प्रदेश माग गर्दा किन बिखण्डनकारीको आरोप लगाइयो ?’
पाँच नम्बर प्रदेशमा थारुहरूको माग सम्बोधन गर्न आफूहरूले दबाबका लागि आन्दोलन गरेको स्मरण गर्दै मुख्य सचेतक चौधरीले भने, ‘पाँच नम्बर प्रदेशको सीमाङ्कनबारेमा सरकारले वार्ता थारुसँग गर्ने हो कि पाँच नम्बर प्रदेशका मधेसी नेतासँग वार्ता गर्ने हो ?’
अहिलेको सरकारले बास्तविक रुपमा समस्याको समाधान गर्नै नचाहेको आरोप लगाएका चौधरीले भने, ‘यो सरकार जसको आशीर्वादबाट बनेको हो उसैलाई खुसी बनाउन लागेको छ । त्यही समूहसँग वार्ता गरिरहेको छ । थारुलाई बेवास्ता गरेको छ ।’
अहिलेको सीमाङ्कनको प्रस्ताव पनि थारुहरूका लागि पर्याप्त नरहेको चौधरीको भनाइ छ । ‘नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्ला जोडेर सीमाङ्कन बनाइनु पर्छ । एमालेले त्यसको विरोध गर्नुको कुनै अर्थ छैन ।’
राष्ट्रियताको विषयमा थारु जत्तिको राष्ट्रवादी कोही पनि नरहेको उनको भनाइ छ । ‘यदि मुलुक बिखण्डन हुने नै भयो भने यो राष्ट्र थारुहरूले जोगाउने छन् । कुनै जाति आएर जोगाउने छैनन् । थारुहरू राष्ट्रवादी हुन् । दुई नम्बर प्रदेश तराईका जिल्ला मात्रै राखेर प्रदेश बनाउन हुने तर थारुले आफ्नो प्रदेश माग्दा बिखण्डनकारी देख्ने ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्