
काठमाण्डौ – एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिउको छ । देवदह नगरपालिकाको खैरहनीमा सोमबार अपराह्न उनको हत्या गरिएको हो ।
दिउँसो साढे ३ बजे खैरहनीबाट मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गर्दा तिवारीमाथि गोली प्रहार भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यसरी हानियो गोली
डिएसपी बेलबहादुर पाण्डे, रुपन्देही प्रहरी प्रवक्ता
दुर्गा तिवारी आफैंले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडि अर्को एक व्यक्ति बसेका थिए । उनीहरुको पिछा गर्दै रातो पल्सरमा दुईजना गएको भन्ने प्रारम्भिक रिपोर्ट आएको छ ।
रातो पल्सरमा आएकाले केही अगाडि बढेपछि ओभरटेक गर्ने क्रममा तिवारीलाई गोली हानेको देखिन्छ । पछाडि बसेकालाई भने केही भएको छैन । आक्रमणकारीले एउटा मात्रै गोली हानेका छन् ।
छातीको बायाँ साइडमा अर्थात मुटुमै गोली लागेको रहेछ । घटनालगत्तै प्रहरीले चारैतर्फ सुरक्षामा कडाई गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्