×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोह्र खुट्टेमा १६ लाखको खेल !

हुण्डीका कारोबारी युवराज र निर्दोषले न्योरोडमा कपडा पसल सञ्चालन गर्दै आएका छन् । कपडा पसलको आवरण उनीहरूले हुन्डीको अबैध धन्दा सञ्चालन गर्दै आएका छन् । काठमाडौ । कारोबारमा पक्राउ परेका आफ्ना सहयोगी छुटाउनका लागि हुन्डीका नाइकेले १६ लाख खर्च गरेको रहस्य खुलेको छ । 
५ दिन अगाडी महानगरीय प्रहरी वृत्त लैनचौर प्रहरीले ८४ लाख नगद सहित चिनियाँ झाव युलाई पक्राउ गरेको थियो । चिनियाँ नागरीक पक्राउ पर्दा हुन्डीका नाईकेका सहयोगी प्रल्हाद गौतम पनि प्रहरीको फन्दामा परेक थिए । उनै गौतमलाई छुटाउन हुन्डीका नाईकले १६ लाख रूपैंया खर्ज गरेको स्रोत बताउँछ । 
आजसम्म प्रहरीको अनुसन्धानबाट नाम नखुलेका र उक्त अवैध कारोबारका नाईके हुन युवराज प्रसाई र निर्दोष प्रसाई । जसले आफ्नो नाम पक्राउ परेका प्रहाल्द गौतमले पोल्ने डरले उनलाई छुटाउन केही दलाल लगाएर १६ लाख खर्च पनि गरे र सफल पनि भए । तीन दिनसम्म प्रहरीको गैरकानूनी थुनामा रहेका प्रल्हाद सोमवार थुनामुक्त भएका हुन । २० लाखमा डिल भएपनि युवराज प्रसाईले दलाललाई १६ लाख मात्र दिएका थिए । दलालहरूमा भागवण्डाको हिसाब नमिल्दा यो कुरो बाहिर आएको हो । 
चिनियाँ नागरीकसँगै पक्राउ परेका गौतमको साथबाट कुनैपनि रूपैंया फेला नपरेको कारण थुना मुक्त गरीएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठोरले बताए । दलालहरूले त्यसकै फाईदा उठाउँदै हुण्डीका नाईकेबाट पैसा कुम्ल्याउन सफल भएका थिए । पक्राउ परेका व्यक्तिलाई २४ घण्टा भित्र मुद्दा हुने निकायबाट अनुमती लिएर मात्र हिरासतमा राख्नु पर्छ । तर लैनचौर वृत्तले भने चाईनिज नागरीकलाई अदालतबाट म्याद लिएर हिरासतमा राखेपनि प्रल्हादलाई भने गैर कानूनी तरीकाले हिरासतमा राखेको थियो । 
जसको फाईदा दलालले उठाए । हुण्डी कारोबारमा उनको संलग्नता नभएको भए उनलाई तत्काल छाड्नु पथ्र्यो । तीन दिनसम्म किन थुनियो र छाडीयो अनुसन्धानको बिषय बनेको छ । हुण्डीका कारोबारी युवराज र निर्दोषले न्योरोडमा सञ्चालन गर्दै आएको कपडा पसलको आडमा हुन्डीको धन्दा सञ्चालन गर्दै आएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । यस अघिपनि हुण्डी कारोबारमा पक्राउ परेका युवराज ८८ लाख धरौटी राखेर छुटेका अभियुक्त हुन । उनको मुद्दा अहिलेपनि अदालतमा विचाराधिन अवस्थामा छ । 
लैनचौर प्रहरीले ठमेलस्थित होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट रू ८४ लाखसहित चाईनिज नागरीक र प्रलहादलाई नियन्त्रणमा लिएकोे थियो । पक्राउ पर्दा उनीहरूको साथबाट उक्त रूपैंया र राजीव प्रसाईका नाममा रहेको एनसिसी बैंकको रकम रू ११ लाख ७६ हजारको चेकसमेत फेला परेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: