×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कस्तो होला तिन स्क्रिन भएको ल्यापटप

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कस्तो होला तिन स्क्रिन भएको ल्यापटप

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् । गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ । प्रोजेक्ट भेलेरी नामक उक्त परियोजनाको अवधारणा अनुसार कम्पनीले फोर के रिजोलुसनयुक्त तीनवटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप तयार पार्नेछ ।
ल्यापटपमा सेन्ट्रल डिस्प्लेभन्दा अलग थप दुईवटा स्क्रिन स्लाइड रहनेछन् जो अटोम्याटिक प्रणालीमा आबद्ध हुन्छन् । तीनवटा स्क्रिनहरु चाहिएको बेला बाहिर निस्किनेछन् भने काम सकिएपछि आफै भित्र छिर्नेछन् र १२ पाउण्ड तौलको नोटबुक बन्नेछ । कम्प्युटर गेमिंगका लागि यो तीनवटा स्क्रिनवाला ल्यापटप निकै उपयोगी बन्नेछ । तीनवटै स्क्रिनको साइज १७ इन्च हुनेछ ।
यो ल्यापटप फोल्ड गरेर बन्द गरेसँगै डेढ इन्च पातलो हुनेछ । स्टाण्डर्ड गेमिंग ल्यापटपको तुलनामा उक्त ल्यापटप निकै शक्तिशाली हुने दाबी गरिएको छ । कम्पनीले घोषणा गरेको यो परियोजनाले कहिले मूर्तरुप पाउँछ र तीन स्क्रिन वाला ल्यापटप तयार हुन्छ भन्ने खुलाइएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: