×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालभित्र अवैध रुपमा बसेका ३ सय ३९ विदेशी नागरिक निष्काशित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपालभित्र अवैध रुपमा बसेका ३ सय ३९ विदेशी नागरिक निष्काशित

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन्। अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो।
गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए। सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन्। चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन्।
चीनका १ सय २४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन्। त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६(६ नागरिक निष्कासनमा परेका छन्।
अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन्। ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको, आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: