×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध रुपमा ४० किलो चरेश बिक्री गर्दैगर्दा चार जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अवैध रुपमा ४० किलो चरेश बिक्री गर्दैगर्दा चार जना पक्राउ

Artha Sarokar

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  

काठमाडौं – अवैध लागूऔषध चरेश बेच्नको लागि हिड्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले धादिङको सिम्लेबजारबाट पक्राउ गरेको छ। प्रहरीले ४० किलो चरेश र एक लाख ६१ हजार दुई सय भारतीय रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको हो । 
 प्रहरीले धादिङ भुमेस्थानका शम्भु रिजाल, भारतीय नागरीक अकलेशकुमार भगत, सन्तोष पासवान र मधु गिरीलाई पक्राउ गरेको हो। रिजालले भारतीय नागरिक भगतलाई लागूऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
 प्रहरीले भारतीय नागरिकहरुलाई ४ वटा झोलामा रहेको उक्त चरेश र नगद ९ हजार २ सय भारतीय रुपैयाँ सहित र कारोवारी रिजाललाई भाग्दै गरेको अवस्थामा भारतीय १ लाख ५२ हजार रुपैया सहित पक्राउ गरेको जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी