Skip to content
LAXMI SUNRISE BANK

दक्षिण कोरियाली बौद्ध भिक्षुद्वारा आत्मदाहको प्रयास

अर्थ सरोकार

एजेन्सी – दक्षिण कोरियाली एक बौद्धभिक्षुले महाभियोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा आइतबार आत्मदाह गर्ने प्रयास गरेका छन् ।
आत्मदाहप्रयासपछि बेहोस बनेका भिक्षुलाई स्थानीय एक अस्पतालमा उपचार सुरु गरिएको छ । उनको शरिरको केही भाग जलेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
आत्मदाह गर्न खोज्ने करिव ६० वर्षे भिक्षुको नाम सार्वजनिक भने गरिएको छैन । एघारौं हप्ताको पार्क विरोधी प्रदर्शनका क्रममा लाखौँ मानिसका बीचमा आत्मदाह प्रयास गर्ने भिक्षुले एक पत्र लेखी महाभियोग लगाइएका राष्ट्रपति पार्कलाई राष्ट्रघात गरेकोले उनलाई पक्राउ गर्न आग्रह गरेको योनह्याप न्यूज एजेन्सीले बताएको छ । पार्कमाथि पदीय मर्यादा विपरित कामगरेको भन्दै गत महिना संसद्ले महाभियोग लगाइएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK