
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – वन क्षेत्रबाट अवैध ढुंगा निकासी गर्ने आधा दर्जन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। बेल्टार बसाहा नगरपालिका क्षेत्रबाट अवैध ढुंगा निकासी गरिरहेका ट्याक्टर वन कार्यालयले नियन्त्रणमा लिएको हो। स्थानीय माडीबास खोलाको वन क्षेत्रबाट आइतवार सेक्टर वन कार्यालयको गस्तीले आधा दर्जन ट्याक्टर नियन्त्रणमा जिल्ला वन कार्यालयले जनाएको छ।
वन क्षेत्रबाट ढुंगा उत्खनन् तथा निकासी गरेको पाइएकोले ट्याक्टर नियन्त्रणमा लिई चालकलाई पक्राउ गरिएको सहायक वन अधिकृत लालबाबु यादवले बताए।
नियन्त्रणमा लिइएको ट्याक्टर भावना सप्लायर्स, बेल्टारको रहेको वन कार्यालयको भनाइ छ। जिविसले ठेक्का दिएको ठाउँभन्दा बाहिरको वन क्षेत्र र निजी जग्गाहरूको ढुंगासमेत उत्खनन गरेको जनगुनासो आएकाले ट्याक्टर नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्