
एजेन्सी – मंगलवार अफगानिस्तानका विभिन्न स्थानमा भएका श्रृङ्खलावद्ध चार ओटा बम विष्फोटमा परि ५६ जनाको मृत्यु भएको छ । बम आक्रमणमा युएईका राजदुत सहित ८८ जना घाइते भएका छन् ।
काबुलको संसद भवन नजिकै भएको आत्मघाती बम आक्रमणमा चार जना प्रहरी अधिकारी सहित ३८ जना मारिएका हुन् । त्यस विष्फोटमा ७२ जना घाइते भए । त्यसमा पश्चिम हेरात प्रान्तका सांसद रहिमा जामि पनि गंभिर घाइते भएकि छिन् ।
त्यसैगरि कन्धार शहरको गेष्टहाउमा भएको अर्को बम आक्रमणमा युएइका राजदुत जुमा महोम्मद अब्दुल्ला अल कावी र प्रान्तीय गभर्नर हमायुं अजिज सहित १६ जना घाइते भएका छन् । यस घटनामा ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै हेलमन्ड प्रान्तको लश्कर गाहमा गरिएको आत्मघाती बम आक्रमणमा सात जना मारिएका छन् । त्यसमा आत्मघाती स्वयंले आफैलाई पनि बमको धमाकासंगै उडाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्