
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मलेसियाको क्लाललम्पुरबाट आएको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नै लाग्दा ओभरसुटु गरिएको छ । क्वालालम्पुरबाट आइतबार दिउँसो आएको एयर एसियाको जहाज अवतरण गर्नै लाग्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि ओभरसुट गरिएको हो ।
विमानस्थल टावरले धावनमार्ग छेउमा ३ कुकुर देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। त्यस समय जहाज कोटेश्वरको आकाशमाथि आईसकेको थियो । तिनै कुकुरको कारण नयाँ दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका शिकारीले गोली हानेर कुकुर मारेपछि विमानस्थल सुचारु भएको छ । समय समयमा कुकुर, बाँदर, चराका कारण उडान–अवतरणमा समस्या हुने गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्