×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुकुरका कारण भयो एयर एसियाको अवतरण प्रभावित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुकुरका कारण भयो एयर एसियाको अवतरण प्रभावित

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – मलेसियाको क्लाललम्पुरबाट आएको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नै लाग्दा ओभरसुटु गरिएको छ । क्वालालम्पुरबाट आइतबार दिउँसो आएको एयर एसियाको जहाज अवतरण गर्नै लाग्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि ओभरसुट गरिएको हो । 
विमानस्थल टावरले धावनमार्ग छेउमा ३ कुकुर देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। त्यस समय जहाज कोटेश्वरको आकाशमाथि आईसकेको थियो  । तिनै कुकुरको कारण नयाँ दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका शिकारीले गोली हानेर कुकुर मारेपछि विमानस्थल सुचारु भएको छ । समय समयमा  कुकुर, बाँदर, चराका कारण उडान–अवतरणमा समस्या हुने गरेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: