
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा भारतीय सेनालाई दिने सम्झौता गरेको भन्दै विद्यार्थीहरुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारी मेची ब्युरोको आह्वानमा विहान दमक बहुमुखी क्याम्पसबाट गणतन्त्र चोकसम्म विरोध प्रर्दशन गरेका हुन्।

विद्यार्थी नेताहरुले क्याम्पसको कक्षा कक्षामा गएर विद्यार्थीलाई विरोध प्रर्दशनमा सहभागिताका लागि आग्रह गरेका थिए। दमक बहुमुखी क्याम्पस सहित दमक रहेका आधा दर्जन बढी निजी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सरकारले भारतसँग गरेको सम्झौताको विरोधमा नारा लगाएका थिए। र्यालीपछि गणतन्त्र चोकमा कोणसभा समेत गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्