
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले पुस २४ गते संसद सुचारुसँगै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको चौथो नगर परिषद्को आज उद्घाटन गर्नुहुँदै मन्त्री नायकले सर्वोच्च अदालतको फैसलापश्चात प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद सुचारु गर्न मानसिकरुपमा तयार भइसकेकाले पुस २४ गते संसद सुचारु हुने र संविधान संशोधन प्रक्रिया तथा अन्य बिधेयकमा छलफल अघि बढ्ने बताउनुभयो ।
संविधान संशोधन प्रक्रियाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेकोले अदालतको सबैले सम्मान गर्नुपर्ने बताउनुहुँदै मन्त्री नायकले संसद सुचारु भएपछि प्रतिपक्ष दललाई पनि विश्वासमा लिएर संविधान संशोधन प्रस्तावसँगै अन्य बिधेयकहरु सरकारले अघि बढाउने बताउनुभयो ।
जनताको भावना र आकांक्षा पुरा गर्न तथा निर्वाचनको वातावरण बनाउन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गर्नहुँदै उहाँले भन्नुभयो–“ जनताको भावना र समयको माग अनुसार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो, यो पारित भएपछि निर्वाचनको माहौल बन्छ ।”
संविधान संशोधन प्रस्ताव पारित गराउन र स्थानिय निकायको निर्वाचनमा सबैले चासो हुनु जरुरी छ, उहाँको कथन थियो ।
मिर्चैयास्थित मोहन उच्च माविमा आयोजित परिषद् उद्घाटन कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आगामी आर्थिक बर्ष २०७४-०७५ का लागि रु. ११ करोड ३१ लाख २१ हजार ६ सय ८० को आयव्यय प्रस्ताव प्रस्तुत गर्नुभयो ।
उहाँले नगरक्षेत्रको पूर्वाधार निर्माण, नगरक्षेत्रलाई खुल्ला दिसामुक्त बनाउने, समाजिक विकासका लागि लक्षित वर्गलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गर्ने आगामी आर्थिक बर्ष २०७४-०७५ को बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्