×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अकोराबको नयाँ नेतृत्वका लागि दुईवटा प्यानलले प्रतिस्पर्धा गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अकोराबको नयाँ नेतृत्वका लागि दुईवटा प्यानलले प्रतिस्पर्धा गर्ने

Artha Sarokar

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ अकोराबको नयाँ नेतृत्वका लागि दुईवटा प्यानलले प्रतिस्पर्धा गर्ने भएको छ। शुक्रबार काठमाडौंमा सुरु भएको अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी दल निकट सामुदायिक रेडियोकर्मीको एउटा प्यानल बनेको छ। 
त्यस्तै नेकपा एमाले र नयाँ शक्ति निकट रेडियोकर्मीको अर्को प्यानल बनेको छ। शुक्रबार बिहान प्रेस युनियन, प्रेस सेन्टर, मिडिया नेपाल र मधेसी पत्रकार समाज नेपालले गठबन्धन निर्माणको सहमति गरेका छन्।
  कांग्रेस, माओवादी सहितको प्यानलबाट रेडियो गोरखाका किशोरजंग थापा तथा एमाले र नयाँ शक्तिको प्यानलबाट रेडियो धादिङका सुवास खतिवडा उम्मेदवार बन्ने चर्चा छ। थापा अकोराबको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् भने खतिवडा कोषाध्यक्ष छन्। 
अधिवेशनमा देशभरीका २ सय ८७ वटा सामुदायिक रेडियोका प्रतिनिधिले नयाँ नेतृत्व छनोट प्रक्रियामा भाग लिनेछन्। साधारण सभाको बन्द शत्र विहान सकिएको छ भने शुक्रबार नै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी