×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अल्पाइन बैङ्कको मुनाफा बढेर ५ करोड ४ लाख पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अल्पाइन बैङ्कको मुनाफा बढेर ५ करोड ४ लाख पुग्यो

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – अल्पाइन डेभलपमेण्ट बैङ्क लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा २ गुणा बढेर रू। ३ करोड २१ लाख पुगेको छ । खुद व्याज आम्दानी ५६ दशमलव २६ प्रतिशत बढेर रू ६ करोड ३३ लाख पुगेको छ । बैङ्कको सञ्चालन नाफा ३ गुणा बढेर रू५ करोड ४ लाख पुगेको छ । 
बैङ्कको चालू आवको दोस्रो त्रैमासमा खुद व्याज आम्दानी र सञ्चालन नाफा बढ्नाले खुद मुनाफा बढ्नामा टेवा पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा जगेडा कोष रू ७ करोड ४७ लाख पुगेको छ । यो गत आवमा भन्दा १८ प्रतिशत घटी हो । कर्जा तथा सापटी ६४ दशमलव ५४ प्रतिशत बढेर रू १ अर्ब ६७ करोड ६९ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ६८ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: