
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आज संसदमा संविधान संशोधनको प्रस्ताव टेवल हुँदैछ । नेकपा एमाले,माले,जनमोर्चा,नेमकिपा लगायत नौ दल का २ सय १ सांसद विपक्षमा छन । सत्तापक्षलाई संविधान संशोधन पास गराउनु धौ धौ छ । यद्यपि सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड पास गराइछाड्ने अडानमा छन । यो पछाडि कुन फ्याक्टरले काम गरेको होला ।
प्रचण्ड र सभापति देउवा यसरी हौसिनुको पछाडि एक जना कांग्रेसका सांसद रहेछन । ती सांसद घरी वालुवाटार पुग्छन,घरी पुग्छन बूढानिलकण्ठ । र गफ दिन्छन,आकाश पातालको । तिनले गफैबाट प्रधानमन्त्री प्रचण्ड देखि कांग्रेस सभापतिसम्म लठ्ठ हुने गरेका छन ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चमत्कारिक ढंगले संविधान संशोधन पारित गराउछु भन्नुको पछाडि उनै सांसद अमरेश कुमार सिंहको गफले काम गरेको समाचारसूत्रको दाबी छ ।
सांसद अमरेशले एमाले फुटाउने देखि एमाले पार्टी भित्र रहेका मधेशी सांसद चोर्ने र विपक्षीमा रहेकाहरुलाई किन्ने सम्मको फुई लगाउने गरेको बताइएको छ ।
हाल संविधान संशोधनको विपक्षीमा २०१ सांसद छन । संविधान संशोधन प्रस्ताव पास गराउने अमरशलाई ठेक्का दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मख्खरहेका छन् ।
अमरेशले विश्वेन्द्र पासवान, एकनाथ ढकाल र शिवलाल थापा लगायतका सांसदहरुलाई किन्ने बचन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँग गरेका रहेछन ।
अमरेशबाट यस्तो आश्वासन पाएसँगै देउवा र प्रचण्ड संविधान संशोधन पास गराएरै छाड्ने भन्दै हिड्न थालेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्