×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनिल झामाथि केपी ओलीका लागि सुराकी गरिरहेको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अनिल झामाथि केपी ओलीका लागि सुराकी गरिरहेको आरोप

Artha Sarokar

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झामाथि मधेसी मोर्चाभित्रैबाट एमाले अध्यक्ष केपी ओलीका लागि सुराकी भूमिका निर्वाह गरिरहेको आरोप लागेको छ ।
झाको पार्टी मोर्चाको एक घटक हो । मोर्चाक एक नेताका अनुसार आफूहरुको रणनीति र कार्यक्रमबारे झाले ओलीलाई नियमित जानकारी गराउने गरेका छन् । ‘अनिल झाले मोर्चाभित्रै बसेर केपी ओलीलाई हाम्रो सूचना दिने काम गर्दै आएको बुझियो’, ती नेताले भने, ‘उहाँमाथि हामीले सुक्ष्म निगरानी गरिरहेका छौं ।’
भारतीय दूतावासको डिनरमा के भएको थियो ? 
गत महिना नेपालस्थित भारतीय दूतावासले मधेसी मोर्चाका नेतालाई डिनरमा बोलायो । डिनरमा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव लगायत थिए । भारतीय राजदूत रञ्जित रे र मोर्चा नेताबीच संविधान संशोधन विधेयकबारे कुराकानी चलिरहेको थियो ।
त्यही बैठकमा राजदूतले सरकारले ल्याएको संशोधन प्रस्तावमा सहमति जनाउन मोर्चा नेतालाई दबाब दिएका थिए । राजदूतले केपी ओलीकै प्रसंगमा कुरा गरिरहेका थिए । ‘ओलीजी विगतमे हमारा आदमी था, उसके लिए हमारा कितना ज्यादा लगानी है, ओ आदमी बारबार कहता है हम राष्ट्रवादी । नेपालमा राष्ट्रवादके नाममे भ्रमका खेती हो रहा है ।’
त्यति नै बेला अनिल झाको मोबाइलमा केपी ओलीको फोन आयो । झा केहीबेर अल्मिलिए । फोनको रेस्पेन्स गरौं कि नगरौं भन्ने द्विविधामा परे । दोश्रो पटक पनि रिङ बजेपछि फोन उठाए । ‘बैठक जारी छ, सकिएपछि म कल ब्याक गर्छु’, यति भनेर झाले फोन राखिदिए । उनले केपी ओलीले आफूलाई डिनर बैठकमा भएको छलफलबारे बुझ्न फोन गरेको बताएपछि सबै चकित परे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी